Incident Reports

वृद्ध भत्तामा किर्ते भएपछि वडा कार्यालयमा कुटाकुट, दुई पक्राउ

2020-06-22

Bagmati, Kathmandu, Kathmandu, Ward 4

९६ वर्षीया महिलाको वृद्ध भत्ता किर्ते गरेर अन्यलाई दिएको विवादमा काठमाडौं महानगरपालिका– ४ मा सोमबार कुटाकुट भएको छ । प्रहरीले दुई सेवाग्राहीलाई पक्राउ गरेको छ । पक्राउ परेको पक्षले पनि वडाध्यक्ष मोहन विष्टसहित पदाधिकारीविरुद्ध प्रहरीमा किर्तेसम्बन्धी जाहेरी दिएका छन् । 

गीताञ्जली मार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूका आफन्तले उनको वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू सोमबार वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरूले आफ्नो नाममा अरूलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा वृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको थियो । प्रहरीले वृद्धाका नातिहरू सुमन लिम्बू र सुरज गुरुङलाई पक्राउ गरेको हो । 

वृद्धाले पनि मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । आफ्नो १२ हजार वृद्ध भत्ता किर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले जाहेरी दिएकी हुन् । 

वडाध्यक्ष विष्टले भने भत्ता वितरण गर्ने क्रममा एउटा व्यक्तिको नाममा अर्काेले हस्ताक्षर गर्दा समस्या भएको बताए । ‘हामी सम्झाउने प्रयासमै थियौँ, उहाँहरू आक्रोशित भएर हात हाल्नुभयो,’ उनले भने । 

महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीमा उजुरी परेपछि वडा कार्यालयले लिम्बूको नाममा भत्ता लिएर हस्ताक्षर गरेको विवरण च्यातेको छ । किर्ते मुद्दा दर्ता नगर्न प्रहरीमाथि दबाब परेको छ ।

वडा कार्यालयविरुद्ध बृद्धाको परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने तयारी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments