Incident Reports

म्याग्दीको दाना सबस्टेसनमा स्थानीयको ताला

2020-06-23

Gandaki, Myagdi, Annapurna, Ward 3

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन कालीगण्डकी करिडोर प्रसारण लाइनको सबस्टेसनमा स्थानीयले तालाबन्दी गरेका छन् ।

 आयोजनाले लिखित सम्झौता गरेको सामाजिक उत्तरदायित्वअन्तर्गतका काम नगरेको भन्दै वडाध्यक्ष नरसिं पुर्जाको नेतृत्वमा बुधबार मूलगेटमा तालाबन्दी गरिएको स्थानीय इन्द्रसिं शेरचनले बताए । आयोजनाले बेनी–जोमसोम मूल सडकदेखि ज्ञानप्रकाश माविसम्म पुग्ने सडक कालोपत्र नगरेको, रुप्से युवा क्लबको खेलमैदान घेराबार नगरेको, आमा समूहको भवनअगाडि आँगन नबनाएको, खानेपानी प्रयोगबापतको शुल्क नतिरेको, सबस्टेसनछेउबाट द्वारीखोलासम्मको प्रचलित पदमार्ग बिगारेको तर मर्मत नगरेको स्थानीयको भनाइ छ । स्थानीय लाइनमार्फत प्रभावित क्षेत्रलाई चौबीसै घण्टा विद्युत् दिने सुनिश्चित नभएको समेत उनीहरूले आरोप लगाएका छन् । ‘सबस्टेसन निर्माण अन्तिम चरणमा पुग्दासम्म आयोजनाले गर्छु–गर्छु भन्दै स्थानीयलाई झुक्यायो, गुमराह पार्‍यो, अहिले आयोजनाका मान्छे नै सम्पर्कमा आउन छोडेपछि बाध्य भई तालाबन्दी गरेका हौं,’ वडाध्यक्ष पुर्जाले भने, ‘आयोजनाले निर्माणपूर्व प्रभावित क्षेत्रमा गर्छु भनेका सामाजिक काम इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ ।’ प्रकाशित : असार १०, २०७७ १०:०९

आयोजनाले बेनी–जोमसोम मूल सडकदेखि ज्ञानप्रकाश माविसम्म पुग्ने सडक कालोपत्र नगरेको, रुप्से युवा क्लबको खेलमैदान घेराबार नगरेको, आमा समूहको भवनअगाडि आँगन नबनाएको, खानेपानी प्रयोगबापतको शुल्क नतिरेको, सबस्टेसनछेउबाट द्वारीखोलासम्मको प्रचलित पदमार्ग बिगारेको तर मर्मत नगरेको स्थानीयको भनाइ छ । स्थानीय लाइनमार्फत प्रभावित क्षेत्रलाई चौबीसै घण्टा विद्युत् दिने सुनिश्चित नभएको समेत उनीहरूले आरोप लगाएका छन् ।

‘सबस्टेसन निर्माण अन्तिम चरणमा पुग्दासम्म आयोजनाले गर्छु–गर्छु भन्दै स्थानीयलाई झुक्यायो, गुमराह पार्‍यो, अहिले आयोजनाका मान्छे नै सम्पर्कमा आउन छोडेपछि बाध्य भई तालाबन्दी गरेका हौं,’ वडाध्यक्ष पुर्जाले भने, ‘आयोजनाले निर्माणपूर्व प्रभावित क्षेत्रमा गर्छु भनेका सामाजिक काम इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ ।’ 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments