Incident Reports

कोशी अस्पतालमा बिरामी कुरुवामाथि बलात्कार प्रयास

2020-06-24

Province 1, Morang, Biratnagar

विराटनगर, १० असार । कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीको रेखदेख गर्न अस्पतालमा बसेकी एक युवतीमाथि अस्पतालको वार्डभित्रै बलात्कारको प्रयास भएको छ ।

कोशी अस्पतालस्थित महिला वार्डको बेड नं २०२ मा रहेकी बिरामीको रेखदेख गर्न अस्पातलमा बसेकी २१ वर्षीय युवतीमाथि बुधबार बिहान ३ बजे बलात्कारको प्रयास भएको हो ।

पीडित युवती सुतिरहेको अवस्थामा ती युवकले करणी प्रयास गरेका थिए । 

युवतीले आफू बिरामीको छेवैको बेड नं २५८ मा सुतिरहँदा आरोपितले आफ्नो ओठमा चुम्बन गरेको र जर्बजस्ती गर्ने प्रयास गरेको बताइन् ।

घटना सम्झँदै पीडित युवतीले कोशी अनलाइसँग भनिन्, ‘मैले त्यसपछि खेदाएँ, सबै ढोका बन्द भएकाले भर्‍याङ छैउबाट हाम फालेर भाग्यो । गार्ड दाइलाई भनेर ढोका खोलेर अर्को बिरामी कुरुवासँग तल जाँदा कतै पनि देखिएन ।’

घटनापछि पीडित युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएकी छन् ।

पीडित महिलाले उजुरी गरेपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले  बताए । ‘मान्छे पहिचान र घटना बुझ्ने काम हुँदैछ ।’ डिएसपी राईले भने ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments