Incident Reports

हल्दिबारीको गाउँसभामा कुटाकुट

2020-06-24

Province 1, Jhapa, Haldibari

११ असार, झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् ।

उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।

यद्यपि, गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताउँछन् ।

उनले अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न पनि चुनौति दिए ।

गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । उनका अनुसार ज्ञापन पत्र लिएर आउने व्यक्ति कार्यपालिकामा संलग्न थिएनन् ।

विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments