Incident Reports

कोरोना शव व्यवस्थापन गर्ने क्रममा झडप

2020-06-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 32

पोखरा, (नेस)

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । पोखरा महानगरपालिका ३२ मझुवामा स्याङ्जाका एक व्यक्तिको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएपछि शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–३२ मा लगिएको थियो ।

कोरोनाबाट मृत्यु भएकाको आफ्नो वडामा शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । सोही क्रममा भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको थियो । शव व्यवस्थापनमा रोक लगाउँदै ढुङ्गा प्रहार गरेको भन्दै प्रहरीले ७ पुरुष र २ महिलालाई पक्राउसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापन गर्न उक्त स्थान रोज्दा स्थानीयले विरोध गरेका थिए । सोही भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा आक्रोशित स्थानीयले सशस्त्र प्रहरी बलको एउटा ट्रक र मोटरसाइकल तथा स्वास्थ्य कार्यालय र प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

झडपको क्रममा प्रहरीले स्थानीय भीमनाथ गुरुङ, रितबहादुर गुरुङ, लिलबहादुर गुरुङ, समीर गुरुङ, भक्त राईलगायतलाई पक्राउ गरेको थियो । पोखरा महानगरपालिका–३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।

यसअघि पोखरा–११ फूलबारीमा पर्ने सेतीछेउमा कोरोनाकै कारण मृत्यु भएका स्याङ्जाकै एक वृद्धको शव व्यवस्थापन गर्न खोज्दा स्थानीले विरोध गर्दा झडप भएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनका लागि प्रदेश सरकार तथा महानगरले उचित ठाउँको व्यवस्थापन गर्न नसक्दा विवाद आउने गरेको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 4
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports