Incident Reports

सोती घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

2020-06-24

दाङ । रुकुम पश्चिमको सोती घटनाको निष्पक्ष छानबिनका साथै दोषीलाई कडा कारबाहीको माग गर्दै बुधबार जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ ।दलित मुक्ति संगठन, दलित अधिकारकर्मिहरु लगायतको अगुवाइमा जिल्लाका आठबिसकोट, मुसिकोट, सानिभेरी, बाफिकोट, लगायतका स्थानमा बिरोधासभा गरिएको छ । विरोध सभाका सहभागीहरुले दोषीलाई कडा कारबाही गर्नुपर्ने, निस्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने लगायतका नाराजुलुस सहित विरोधसभामा सहभागी भएका थिए । उता जिल्ला अदालत रुकुम पश्चिममा भने थुनछेक बहस सकिएको छ । शुक्रबारदेखि सुरु भएको बहस बुधबार सकिएको श्रेस्तेदार कृतबहादुर बोहराले बताए । गत जेठ १० गते केटी लिन रुकुम पश्चिम चौरजहारी ८ सोतिमा पुगेका युवामाथी गाउलेको कुटपिटबाट  जाजरकोटका ५ जना र रुकुम पश्चिमका १ जना गरी ६ जना युवाको ज्यान गएको थियो । कर्तव्यज्यान र जातीय भेदभाव मुद्दामा ३४ जनाविरुद मुद्दा दायर गरिएको छ ।  

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 80
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments