Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2020-06-28

Gandaki, Baglung, Badigad, Ward 7


बाग्लुङ, २०७७ असार १३ गते        बडिगाड गाउँपालिका-७ माझखर्क बस्ने ५५ वर्षीय दल बहादुर बुढालाई एकनाले भरुवा बन्दुक १ थान, सोही बन्दुकको बारुद र सिसा १२ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।दल बहादुरको घरमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments