Incident Reports

नगरसभाविरुद्ध असन्तुष्ट पक्षको प्रदर्शन, फर्जी हस्ताक्षर गरेर मध्यरातमा नगरसभा सञ्चालन गरेको आरोप

2020-06-26

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोधमा असन्तुष्ट पक्षधरहरुले प्रदर्शन गरेका छन्।

उपमहानगरका प्रमुख र उपप्रमुखले गैरकानूनी रुपमा पाचौँ नगरसभा सम्पन्न गरेको भन्दै शुक्रबार प्रदर्शन भएको हो।

बुधबार मध्य रातमा नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्रले गैरकानूनी रुपमा नगरसभा गरेको भन्दै असन्तुष्ट वडाध्यक्ष तथा वडा सदस्यहरुले प्रदर्शन गरेका छन्।

असन्तुष्ट पक्षधरहरुले जनकपुरधामको विभिन्न चोकमा र्‍याली निकाली नगरप्रमुख र उपप्रमुखको विरोधमा प्रदर्शन गरेका छन्।

आफूहरुसँग बहुमत हुँदाहुँदै पनि नगरप्रमुख साहले फर्जी हस्ताक्षर गरेर मध्यरातमा नगरसभा गरेको वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह आरोप लगाए।

उनले नगरप्रमुख साहले आफ्नो भ्रष्टाचारको ढाकछोप गर्न असन्तुष्ट पक्षधरहरुलाई छाडेर फर्जी हस्ताक्षर गरेर नगरसभा गरेर आफ्नो हैकमवादी चरित्र देखाएको आरोप लगाए।

त्यस्तै वडा नम्बर–७ का वडाध्यक्ष जानकी राम साहले नगरप्रमुख साहले गैरवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेकोले आफूहरु बाध्य भएर सडकबाट आन्दोलन सुरु गरेको बताए। आगामी दिनमा अदालतमा समेत जाने बताएका छन्।

वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले नगरप्रमुख साहले आफ्नो गैरवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि वडाध्यक्ष तथा वडा सदस्य एवं कार्यपालिका ससदस्यहरुलाई पैसा एवं धम्की दिएर हस्ताक्षर गराएको आरोप लगाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments