2020-06-24
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सङ्खुवासभा जिल्ला, मकालु गाउँपालिका–२ घर भइ ललितपुर महानगरपालिका–२९, हरिसिद्धि डेरा गरी बस्ने ५० वर्षीय शम्भु राईलाई ०७७ असार १० गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले असार ४ गते पीडित बालिकालाई आफ्नै कोठामा बोलाई डरत्रास देखाइ बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
आरोपित बिरुद्ध असार १० गते महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा पीडितको परिवारले उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा सोही दिन आरोपितलाई उनकै कोठाबाट गिरफ्तार गरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनु भयो ।
दीपकप्रसाद घिमिरे
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19