Incident Reports

घरेलु हिंसा घटनाका आरोपित देवर गिरफ्तार

2020-06-25

Karnali, Humla, Simkot, Ward 7

सिमकोट गाउँपालिका–७ की ३५ वर्षीया साहादेवी छत्याललाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय देवर नवराज छत्याललाई प्रहरीले असार १२ गते गिरफ्तार गरेको छ ।

आरोपित छत्यालकी भाउजु र आमाको सामान्य विवाद भएपछि आमासँग झगडा गरेको भन्दै भाउजुलाई मार्ने उद्धेश्यले कुटपिट गरी घाइते बनाएको पीडितका पति सेत्या छत्यालले आरोप लगाउनुभयो ।

असार ११ गते ढाडमा निलडाम हुने गरी ढुङ्गा प्रहार गरेर कुटपिट गरेपछि न्यायका लागि असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको पीडितका पतिले इन्सेकसँग बताउनुभयो । उहाँका अनुसार घाइतेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा उपचार भइरहेको छ ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा राखिएको डिएसपी सुर्यप्रकाश सुवेदीले बताउनु भयो । घटनाका बारेमा अनुसन्धान गरी छलफल गर्ने उहाँको भनाइ छ ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments