Incident Reports

प्रदेश २ः गाउँपालिका अध्यक्ष र अधिकृतबीच कुटाकुट

2020-06-26

Madhes, Siraha, Bariyarpatti

न्यूज ब्यूरो, सिरहा ।  प्रदेश नं. २ को सिरहा जिल्ला स्थित रहेको बरियारपट्टि गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कुटाकुट भएको छ । शुक्रबार गाउँपालिका प्रमुख सँतोष कुमार महतो र प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँहबीच कुटाकुट भएको हो ।

शुक्रबार कार्यालयको समय बितेपछि केही जनाले अधिकृतको कक्षमा गएर बलपूर्वक काम गरिदिन भनेपछि हो हल्ला भएको थियो । सोही विवाद मिलाउनको लागि जाँदा अध्यक्ष र अधिकृतबीच कुटाकुट भएको बताईएको छ।यता, जानकारी अनुसार, मेयरले आफ्ना मान्छेको भुक्तानी गरिदिन भनेको तथा अधिकृतसँग हिसाबकिताब नमिलेपछि तनाव भएको बताईएको छ । 

अधिकृत सिँहका अनुसार आफूलाई थाहा नै नदिई सिरहाको गोलबजारमा रहेको भाडाको कोठामा कार्यालय सँचालन गर्न थालेपछि मुख्य कार्यालयको सेवा अवरुद्ध भएको बताएका छन् । अध्यक्षकै सहमतिमा कार्यालयको कामकाजहरु, भुक्तानीहरु सबै गोलबजारबाटै दिने निर्णय अनुसार कार्य सँचालन भइरहेको बेला अध्यक्ष महतोले अपशब्द प्रयोग गरेपछि कुटाकुट भएको बुझिएको छ ।  केही अपरिचित व्यक्तिहरुले चेक काटन तथा अन्य कामहरुको लागि अधिकृत सिँहलाई दबाब दिएको बुझिएको छ । अधिकृत सिँहका अनुसार शुक्रबार मौसम खराब भएको र गोलबजारमै कार्य सुरु गरेपनि ढिलो भएको भन्दै आईतबार काम गरिदिने भनेपछि उनीहरुले जबरदस्ती आजै काम गर्नुपर्ने भनेपछि विवाद चुलिएको थियो । ती मान्छेहरु अध्यक्ष पक्षको मान्छेहरु रहेको बुझिएको छ ।  शुक्रबार दिनभरि नै गाउँपालिकाको कार्यालय अवरुद्ध भएको थियो । विवाद अहिले पनि साम्य भएको छैन । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments