Incident Reports

कोरोना संक्रमितद्वारा गाउँपालिका घेराउ

2020-07-04

Sudurpashchim, Achham, Bannigadhi Jayagadh

धनगढी – अछाममा कोरोना संक्रमितहरुले प्रर्दशन सहित गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

शनिबार दिउँसो बान्नीगढी जयगढ गाउँपालिकाका संक्रमितहरुले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले पीसीआर रिपोर्र्ट नेगेटिभ आएको भन्दै घर पठाएको तर पछि रिपोर्ट आउँदा पोजिटिभ आएकोले आफूहरुलाई ठगेको भन्दै प्रर्दशनसहित गाउँपालिका घेराउ गरेका हुन् ।

क्वारेन्टिनबाट घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको तथ्यांकमा गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई घर पठाइएको थियो ।

गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोलेर आफूहरुलाई क्वारेन्टिनबाट घर पठाएको उनीहरूको आरोप छ ।

सबै संक्रमितहरू डेढ महिना अघि भारतबाट घर फर्किएका थिए । शनिबार संक्रमित र संक्रमितका आफन्तले आफुहरुलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै गाउँपालिका घेराउसहित प्रर्दशन गरेका हुन् ।

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टिनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे।

उनले भने– ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन र कसैमा कोरोनाको लक्षण पनि नदेखिएपछि घर पठाएका हौं ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments