Incident Reports

स्वघोषित प्राध्यापक डाक्टर जगदीशलाल वैद्य जबरजस्ती करणी उद्योगमा पक्राउ

2020-06-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँको जयवागेश्वरीस्थित अन्नपूर्ण पशुपति आश्रमका संचालक तथा संस्थापक अध्यक्ष प्रा.डा. जगदीशलाल वैद्य आइतबार जबरजस्ती करणी उद्योगमा पक्राउ परेका छन् ।

आश्रमकै एक कर्मचारी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा वैद्यविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा असार ३ गते उजुरी दर्ता भएको थियो ।

उजुरी दर्ता भएको थाहा पाएपछि घर छोडेर भागेका वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरले आइतबार लुकेर बसेको अवस्थामा ललितपुरबाटै पक्राउ गरेको हो ।

वैद्य ललितपुर क्षेत्रमा रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

वैद्यले एक जटिल रोगबाट प्रभावित महिलालाई तन्त्रमन्त्र र जडिबुटीको सहायताले पूर्णरुपमा रोग निको पारिदिन्छु भन्दै मोटो रकम लिएर आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

वैद्यलाई आवश्यक कारवाहीका लागि आइतबार नै काठमाडौँ प्रहरीलाई बुझाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments