Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-04-07

Bagmati, Kathmandu, Budhanilakantha, Ward 11

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार २१ गते एक जनालाई गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार  गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११ घर भई बुढानीलकण्ठ नगरपालिका–११, कपनमा बस्ने ४० वर्षीय वेदबहादुर गुरुङलाई प्रहरीले कपनबाट गिरफ्तार गरेको हो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङ विरुद्ध मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरमा असार २२ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।

पीडित बालिकालाई २० गते राति घर पुर्‍याइदिन्छु भनेर गुरुङले आफ्नै घरमा लगि बलात्कार गरेका आरोपमा असार २१ गते महानगरीय प्रहरी वृत, बौद्धमा पीडितका आफन्तले उजुरी दिएको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार २२ गते थापाथलीस्थित प्रसूति गृहमा गरिएको छ ।

विमला पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments