Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-30

Bagmati, Chitawan, Madi, Ward 9

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका–९ का २३ वर्षीय सन्दिप भुजेललाई जिल्ला प्रहरी कार्यालय चितवनले असार २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले असार २१ गते नै इलाका प्रहरी कार्यालय माडीमा आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता सूर्यबहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

बालिकालाई भुजेलले असार १६ गते बलात्कार गरेको भए पनि पीडितले डरका कारण ढिलो गरी घटना आफन्तलाई बताएको प्रवक्ता थापाले जानकारी दिनु भयो ।

पीडितको असार २१ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments