Incident Reports

उपभोक्ता समिति गठन गर्ने बिषयमा विवाद हुँदा बारामा एक महिलासहित पाँच घाइते

2020-07-08

Madhes, Bara, Simraungadh, Ward 24

पर्सा-उपभोक्ता समिति गठन गर्ने बिषयमा बुधबार बिहान विवाद हुँदा बारामा एक महिलासहित पाँच जना घाइते भएका छन्।बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा-२४ हरपुर टोलमा उपभोक्ता समिति गठन गर्ने बिषयमा विवाद हुँदा पाँचजना घाइते भएका हुन।

डयाम तथा बाँध निर्माण गर्नको लागि प्रदेश सरकारबाट आएको एक करोड बजेटलाई खर्च गर्ने बिषयमा उपभोक्ता समिति गठन गर्ने बिषयमा बिबाद हुदा कुटाकुट भएको थियो। बिबाद हुँदा वडा नम्बर २४ बस्ने अमाना खातुन, रुहुल हक अन्सारी, सफिक अन्सारी, ईलियास अन्सारी, फुल महमद अन्सारी घाइते भएका हुन्।

घाइते भएकामध्ये खातुन र ईलियासको अवस्था गम्भिर रहेकोले उनीहरुलाई उपचारको लागि बीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।अन्य तीनजना भने समाान्य उपचार पछि घर फर्केका छन्।

डयाम निर्माणको लागि प्रदेश सरकारबाट आएको एक करोड बजेटको लागि उपभोक्ता समिति गोप्य रुपमा मँगलबार राति नै बनाइएको थियो।त्यही विषयलाई लिएर स्थानीयबासीहरुले सोधपुछ गर्दा विवाद उत्पन्न भइ कुटपिट भएको स्थानीय जबिउल्लाह अन्सारीले बताए।

उनले बजेट फ्रिज गर्ने गरि उपभोक्ता समिति गोप्य रुपमा बनाइएकाले स्थानीयबासीहरुले खोजी गरेपछि बिबाद सिर्जना भएको बताए।घटना पशचात पीडित पक्षले उजुरी समेत दिएको तथा सोही अनुसार घाउँको अवस्था हेरेर कारवाही प्रक्रिया अघि बढाईने र मुदा दर्ता कार्य पनि हुने मिश्रले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 5
Female Injured 1
National/Online Media

0 Comments