Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-06

Madhes, Saptari, Shambhunath, Ward 16

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–१६ का ५० वर्षीय शिवनारायण साहलाई असार २३ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित साहविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा असार २३ गते उजुरी दिनु भएको इन्सेक सप्तरीका प्रतिनिधिलाई पीडितका बुवाले बताउनु भएको छ ।

पीडित बालिकाले दिदीलाई असार २१ गते पटक–पटक बलात्कार गरेको घटना जानकारी गराएपछि आरोपितविरूद्ध उजुरी दिएको पीडित बालिकाका बुवाले बताउनु भयो ।

पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २२ गते स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकहरूले बालिका कम्तीमा दुई सातादेखि यौन शोषणबाट पीडित रहेको बताएका छन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments