Incident Reports

घरेलुहिंसा पीडित महिलाको इन्सेकको पहलमा पुनर्स्थापना

2020-07-11

Karnali, Salyan, Bangad Kupinde, Ward 5

कुटपिट गरी घर निकाला गरिएकी बनगाड कुपिण्डे नपा–५ की २१ वर्षीया जमुना रानालाई इन्सेकको पहलमा ०७७ असार २७ गते पुनर्स्थापना गरिएको छ  ।

२४ वर्षीय पति लोकन्द्र रावत र परिवारका अन्य व्यक्तिहरूले असार ५ गते कुटपिट गरी घर निकाला गरेपछि न्यायका लागि असार १४ गते सदरमुकाम आएकी पीडित महिलालाई इन्सेकले बास बस्न आवास गृहसँग समन्वय र यातायातको लागि १ हजार रुपियाँ सहयोग गरेको थियो ।

जिल्ला अदालतमा अंश मुद्दा चलिरहेकोले असार १८ गते इन्सेक प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कार्यालयमा पुनर्स्थापना गराइपाउँ भन्ने मुद्दा दर्ता भएको थियो । असार २६ गते इन्सेक प्रतिनिधिद्वारा घटनास्थलको अनुगमन तथा आफन्त र इलाका प्रहरी कार्यालय सल्लीबजारमा पुगेर विस्तृत विवरण लिइएको थियो ।

प्रहरीले असार २७ गते दुवै पक्षबीच छलफल गर्दा घटनाका आरोपित २४ वर्षीय लोकन्द्र रावलते माफी मागेको र यातना नदिने सहमति गरेपछि पीडितलाई पहिला बसेकै घरमा पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

दुइ वर्षदेखि छिमेकीको घरमा बसेर काम गर्दै पेट पालिरहेको अवस्थामा पतिले घरमा बस्न नदिने धम्की दिएपछि बसिरहेको कोठा छाड्नु परेको र अब मासिक भाडा समेत व्यहोर्ने तथा कुनै तनाव नदिने सहमति भएको पीडितले बताउनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments