Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-07-13

Gandaki, Myagdi, Beni, Ward 6

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेनी नगरपालिका–६, चुत्रेनीका २३ वर्षीय सन्जिव हमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते राति पीडितकै घरमा पसेर सुतिरहेको अवस्थामा पीडितलाई दुर्व्यवहार गरेको आरोपमा स्थानीयहरूले आरोपितविरूद्ध जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभएको छ ।

आरोपितलाई म्याद थपका लागि असार ३० गते जिल्ला अदालतमा पेश गरिएको जिल्ला न्यायधिवक्त प्रकाश कोइरालाले बताउनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार २९ गते राति बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकृत प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments