Incident Reports

सरकारले समझौता कार्यान्वानको नगरेको भन्दै ‘इनफ इज इनफ’ प्रदर्शनमा उत्रिए (फोटोफिचर)

2020-07-16

Bagmati, Lalitpur, Lalitpur

काठमाडाैं, १ साउन । सरकारले आफूसँग गरेकाे सम्झौता कार्यान्वान नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियन्ता समूह प्रदर्शनमा उत्रिएका छन् ।

अघिल्लो साेमबार ‘इनफ इज इनफ’ अभियन्ताको समूह र सरकारबीच १२ बुँदे सहमति भएको थियो । उक्त सहमति भएको एक साता वितिसक्दा पनि सरकारले कार्यान्वान नगरेको भन्दै युवाहरुले  आज (बिहीबार) मन्त्री क्वाटर, पुल्चोक अगाडि प्रदर्शन गरेको हो ।

विभिन्न माग राखेर ‘इनफ इज इनफ’ अभियन्ता इशान अधिकारी (इ) सहितका युवाहरू अनशन समेत बसेका थिए ।सरकारसँग १२ बुँदे समझदारी भएपछि उनीहरूले अघिल्लाे मंगलबार अनशन तोडेका थिए । सम्झौताअनुसारको काम नभए पुन: त्यही ठाउँमा अनशन बस्न बाध्य हुने चेतावनी युवाले दिएका थिए ।

स्वतस्फूर्त रुपमा सडकमा निस्केका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षण बढाउनुपर्ने माग गर्दै आएका छन् । अविश्वासी आरडीटी परीक्षण रोक्न उनीहरुको माग छ ।

विराेधमा उत्रिएका युवा अभियन्ताहरूले सरकारसँग कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभएर पीसीआरबाट मात्र हुनुपर्ने, क्वारेन्टाइनहरूको व्यवस्थापन राम्रो हुनुपर्ने, नागरिक स्वास्थ्यमा ध्यान दिने तथा भ्रष्टाचार रोकिनुपर्ने लगायत माग अघि सार्दै आएका छन् ।

सरकारलाई मेडिकल सामग्री खरिद गर्दा भएको ‘अनियमितता’ समेत युवाहरुले प्रश्न उठाउँदै आएका छन् । कोरोनाका लागि १० अर्ब खर्च भएको तथ्यांक निकालेको सरकारको आँकडा पारदर्शी नभएको युवाहरुको बुझाइ छ ।

तस्वीर : महेश्वर केसी/न्युज २४ नेपाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments