2020-07-13
दुई महिनाअघि रूकुममा प्रहरीले महिलामाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै सुर्खेतमा पनि एक प्रहरीले कोरोना संक्रमितलाई मरणासन्न हुनेगरी कुटेको भेटिएको छ।
सुर्खेको सिम्ता गाउँपालिकामा प्रहरी सहायक निरीक्षक विजय पुनले एक जना कोरोना संक्रमित व्यक्तिलाई सोमबार कुटपिट गरेको पाइएको हो।
ती युवक भारतबाट आएर दुई साता अघिदेखि क्वारेन्टिनमा बसेका थिए। आफूसँगै बसेका साथीहरूसँग घर जान खोजेपछि भाग्न खोजेको बहानामा ती असईले उनीमाथि कुटपिट गरेको पीडितका आफन्तले बताए।
पीडितका भाइका अनुसार उनका कुटपिटका क्रममा उनको बायाँ हात भाँचिएको छ।
‘क्वारेन्टिनबाट अलिकति बाहिर जानुभएको रहेछ, प्रहरीले कुटिहालेछन्,’ उनले भने, ‘प्रहरीले एक जनालाई नियन्त्रणमा लिन पिट्नै पर्ने त थिएन होला, त्यतिकै पनि सम्झाएर भित्र लिन सकिन्थ्यो।’
बिहीबार यसै विषयमा प्रहरी स्थानीय सरकार लगायतसँग छलफल थालिएको उनले बताए। उपचारको सम्पूर्ण व्यवस्था गर्नुपर्ने उनको माग छ।
पीडितका भाइका अनुसार सिम्तामा भएको कुटपिटबाट घाइतेको शरीरभर निलडाम छ। कुटपिट भएकै दिन उपचारका लागि अस्पताल लैजान आफन्तले माग गरे पनि स्थानीय तहले बेवास्ता गरेको छ। कोरोना पोजेटिभ देखिएका कारण स्थानीय तहले अस्पताल लैजान नदिएको पनि उनको भनाइ छ।
‘उही दिन उपचार गर्न लैजाऊँ भन्दा स्वाब परीक्षण गरिएको रिपोर्टमा गडबडी भएका कारण लान दिइएन,’ उनले भने, ‘आज फेरि चेक हुँदैछ, रिपोर्ट यदि नेगेटिभ आयो भने हामीले नछुनेगरी गाडीमा राखेर नेपालगञ्ज लैजाने कुरा छ।’
यस्तै, सुर्खेतको सिम्तामा भएको कुटपिटको घटनामा संलग्न प्रहरी सहायक निरीक्षक विजय पुनलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ।
उनलाई कारबाहीस्वरूप जिल्ला प्रहरी कार्यालयमा तानिएको डिआइजी वसन्तकुमार पन्तले बताए। यो घटनाका बारेमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए।
अनुसन्धानपछि आवश्यक कारबाही गरिने उनले बताए।
२ महिना अघिमात्र गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ की नेहा विष्टलाई प्रहरीले निर्घात पिटेको थियो।
उनी जाजरकोटस्थित दिदीको घरबाट आफ्नो गाउँ फर्किंदै थिइन्। उनी आफ्नो गाउँ प्रवेश गर्ने ठाउँ (जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल) नजिकै स्थापना भएको ‘हेल्थ डेस्क’मा चेक गराउन भनियो।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले नेहालाई यसो भनेपछि नेहा आवेगमा आइन् र एक जना स्वास्थ्यकर्मीमाथि हातपात पनि गरिन्।
घटनाबारे बुझ्न प्रहरी नायब निरीक्षक तिलकबहादुर शाहीको नेतृत्वमा पाँच जनाको थप टोली घटनास्थल पठाइयो।
इलाका प्रहरी कार्यालयमा महिला प्रहरी नभएकाले नगर प्रहरी जवान निर्मला विक पनि सँगै गइन्।
तर, त्यसरी तयारीका साथ गएको प्रहरी टोलीले एक जना मात्र नेहालाई नियन्त्रणमा लिनुको साटो उनीमाथि कुटपिट गर्नुको साटो निर्घात कुट्यो। नेहा घाइते भएर चुपचाप घर गइन्।
घटना जेठ १ गते भए पनि असारमा मोबाइलमा कैद गरिएको भिडिओ सार्वजनिक भएपछि मात्र यो घटनाले चर्चा पायो।
भिडिओ बनाउने व्यक्तिले नै नेहामाथि अमानवीय ढंगले सुरक्षाकर्मीबाट भएको कुटपिटको घटना सेलाउने अवस्था देखेपछि त्यो भिडिओ सार्वजनिक गरिदिएका थिए।
नेहा विष्टमाथि भएको घटनामा संलग्न भनिएका तीन जना प्रहरी निलम्बित भएका छन्।
उनीमाथि कुटपिट गर्ने नगर प्रहरी जवान निर्मला विकलाई नगरपालिकाले नै निलम्बन गरिदिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतको नेतृत्वमा बनेको छानबिन समितिले निर्मलालाई असार २५ गते निलम्बन गरेको थियो।
घटनामा संलग्न भएको निष्कर्ष निकाल्दै नेपाल प्रहरीका एक जना हवल्दार र जवानलाई पनि निलम्बन गरिएको छ।
सोही घटनामाथि छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा बनेको समितिले आफ्नो अध्ययन प्रतिवेदन असार २९ गते प्रदेश प्रहरी कार्यालयलाई बुझाएको थियो।
प्रदेश प्रहरी कार्यालयले समितिले बुझाएको प्रतिवेदनका आधारमा दुई जना प्रहरीलाई निलम्बन गरेको डिआइजी पन्तले जानकारी दिए।
‘प्रतिवेदनका आधारमा उनीहरूलाई हामीले निलम्बन गरिसकेका छौं, अब निलम्बित प्रहरीमाथि हामीले अनुसन्धान गर्छौं,’ डिआइजी पन्तले भने।
निलम्बित हुनेमा प्रहरी हवल्दार पृथ्वी बहादुर आग्री र अर्का एक जना जवान छन्।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Unclear |
Primary Cause | Violence in other institutions |
Secondary Cause | Quarantine Management |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19