Incident Reports

धारामा पानी लिन गएकी किशोरी बलात्कृत

2020-07-17

Madhes, Parsa, Jagarnathpur

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । शुक्रबार बिहानै घर छेउकै धारामा पानी लिन गएकी किशोरीलाई स्थानीय दुई युवकले नियन्त्रणमा लिएर बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् । 

चापकलबाट २ जनाले नियन्त्रणमा लिएर गएको भए पनि एक युवकले मात्रै आफूलाई बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाइ बताएकी छन् । बलात्कार पछि दुवै भागेको र आफू होसमा आएपछि मात्रै अभिभावकलाई घटनाबारे जानकारी  दिन सकेको किशोरीले बताइन् । 

पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए । आरोपित युवक फरार भएको र उनीहरुको प्रहरीले खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।

किशोरीका गाउँलेले भने गाउँपालिकाका जनप्रतिनिधिले घटनालाई दबाउन प्रयास गरेपनि पीडित किशोरीका अभिभावकले नमानेपछि घटना बाहिर आएको हो ।

प्रहरीले आरोपितलाई पक्राउ गर्न खोज्दा जनप्रतिनिधिले अवरोध समेत गरेको गाँउलेले बताएका छन् ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments