Incident Reports

थलरा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी

2020-07-20

बझाङ, साउन ५ । नेपाली कांग्रेस बझाङका जनप्रतिनिधिहरुले बझाङको थलारा गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट न्यायोचित नभएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले बजेट वितरण एकतर्फी भएको भन्दै विरोध गरेका हुन् ।

जनप्रतिनिधिहरुले गाँउसभामा आफूहरुको कुरा सुनुवाइ नभएको भन्दै थलारा गाँउपालिका परिसरमा नारावाजीसमेत गरेका छन् ।

नेपाली कांग्रेस थलारा गाँउपालिकाका संयोजक राम बहादुर खातीले आफ्ना मागहरु सुनुवाई नभए गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments