Incident Reports

उपभोक्ता समितिका अध्यक्षबाट कार्यालयमै कुटिए इन्जिनियर

2020-07-23

Sudurpashchim, Doti, Purbichauki

डाेटी- उपभोक्ता समितिका अध्यक्षबाट डोटीको पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर कुटिएका छन्। स्थानीय सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका इन्जिनियर शंकर राज खनाल माथि कार्यालयमै हातपात गरेका हुन्। बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच गर्दै अध्यक्ष खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कार्यालयमै कुटपिट घटनाका दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको भत्सर्ना गरिएकाे छ।

सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको विषयलाई लिएर हातपात भएको हो। उक्त खानेपानी योजनाको प्राविधिक मूल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको इन्जिनियर खनालले बताए। खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार रुपैयाँ पेस्की लिएर काम सुरु गरेका थिए। प्राविधिकले टिप्पणी उठाउँदा त्रुटी हुन गई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिइएको थियो।

'प्राविधिक त्रुटीका कारण १२ लाख रुपैयाँ भुक्तानी भएको छ। तर, काम ६ लाख ७२ हजार रुपैयाँको मात्रै भएको छ,' इन्जिनियर खनालले भने, 'उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार रुपैयाँ जति भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिइसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो। बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथि हातपात गरियो।'

योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफूले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गाली गर्दै एक्कासी कार्यालयभित्र आक्रमण गरेको इन्जिनियर खनालले बताए। उनले यसरी कार्यालयमै आएर काम नगरी योजनाको पैसा खान प्राविधिकमाथि हातपात गर्ने, धम्काउने गालीगलाैच गर्ने जस्ता कार्यले आफूहरुको मनोबल गिर्ने र मानसिक तनाव बढ्ने गरेको गुनासो गरे।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments