Incident Reports

बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गर्ने बुवा पक्राउ

2020-07-25

Sudurpashchim, Bajura, Budhiganga

बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्तीकरण गर्ने बुवालाई पक्राउ गरिएको बताए। उनले ती व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए।
............
साउन । बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ ।१४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ ।

जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जवरजस्तीकरणी र हाडनाताकरणी अन्र्तगत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको हो ।१४ बर्षिया छोरीको पेटमा बच्चा बसेको थाहा भएपछि बुवो बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । कक्षा ६ मा पढ्दै गरेकी उक्त बालिकालेको भनाई अनुसार आमा गाईभैसी लिएर गोठमा बस्न गरेकी थिइन्, त्यहि बेला बुबाले बलात्कार गरे ।

अरु कसैलाई भनेमा मारिदिन्छु भनेपछि कसैलाई भन्न नसकेको बालिका बताउछिन् । बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचका लागि गएकी थिईन् । स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने गर्भपतन गराईसकेको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला अदालत बाजुरामा दश वर्षको अवधीमा यो आर्थिक वर्षमा सबै भन्दा बढी मुद्धा आएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अदालतले शुक्रबार गरेको पत्रकार संगको अन्तक्र्रिया कार्यक्रममा विगतका वर्षमा भन्दा यो वर्ष दुई सय मुद्धा दर्ता भएको जिल्ला न्यायधिश माधव प्रसाद घिमिरेले बताएका छन् ।

यसैगरी आर्थिक वर्ष ०७१/०७२ मा ४९ मा ३९ वटा,०७२/०७३ मा ७४ मध्ये ५५ वटा, ०७४/०७५ मा ९८ मध्ये दर्ता भएको मुद्धामा ७१ वटा फछ्र्याैट गरिएको अदातलका निमित्त श्रेष्तादार प्रकाश दत्त भट्टले बताए ।

यसैगरी ०७५/०७६ मा एक सय ११ मध्ये ६९ वटा,०७६/०७७ मा एक सय २ण् मध्ये ५५ वटा र ०७७/०७८ मा दुई सय मुद्धा दर्ता भएकोमा एक सय ३६ मुद्धा फछ्र्याैट गरिएको भट्टले बताएका छन् ।

दश वर्षको अवधीमा जिल्ला अदालत बाजुरामा पाँच हजार ६ सय ८२ मुद्धा दर्ता भएकोमा ६ सय ११ वटा मुद्धा मात्र फछ्र्यौट भएका छन् । हालसम्म पनि पाँच हजार ७१ मुद्धा फछ्र्यौट हुन बाकी रहेका छन् । फछ्र्यौट हुन बाकी रहेका मुद्धा कोही तामेली थुनुवा र फरारको सूचिमा राखिएको जिल्ला अदालत बाजुराले जनाएको छ ।

जिल्ला अदालत बाजुरामा आएका जवरजस्तीकरणमा अधिकांश मुद्धाहरुमा मदिरा सेवन गरी घटेको तथ्य फेला परेको जनाएको छ । शुक्रबार जिल्लास्थित पत्रकाहरुसंगको अन्तक्रिया कार्यक्रममा आर्थिक वर्ष ०७७/०७८ गरिएका कामको सार्वजनिकमा ३३ वटा जवरजस्ती करणका मुृद्धा दर्ता भई फछ्र्याैट गरिएको जिल्ला न्यायधिश माधवप्रसाद घिमिरेले बताएका छन् ।

उनले जवरजस्ती करणीका मुद्धाको बहस तथा फैसला गर्दा अदालतमा पेश गरिएका ३३ फैैसला गरेर सजाय भोग्दै आएको बताए । मदिरा सेवन गर्दै महिला माथि दुव्र्यवहार गर्ने पुरुषलाई कानुन बमोजिम ७ वर्ष वा सो भन्दा माथि सजाय अदालतले तोकेर कैद भुक्तान गर्दै आएको न्यायधिश घिमिरेले बताए ।

यो वर्षमा विगत दश वर्ष भन्दा बढी मुद्धा आएको जिल्ला अदालत बाजुराका निमित्त श्रेस्तादार प्रकाशदत्त भट्टले जानकारी दिएका छन् । अदालतमा यो वर्ष दुई सय वटा मुद्धा आएको तिमध्ये एक सय ३६ मुद्धा फछ्र्याैट गरिएको पत्रकारलाई जानकारी गराएका छन् ।

अदालतले बनाएको वार्षिक कार्य योजनामामा एक सय ४७ मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिएको भएपछि त्यो भन्दा बढी मुद्धा फछ्र्याैट गरेको भट्टले बताएका छन् । यो वर्ष र गत वर्षको गरी दुई मुद्धामध्ये जवरजस्तीकरणीका ३३ वटा, हातहतियार सम्बन्धी २१ वटा, ज्यान मार्ने सम्बन्धी २६ वटा, सम्बन्ध विच्छेदको २२ वटा र माना चामलको ६ वटा रहेको जिल्ला अदालत बाजुरामा न्यायधिश घिमिरेले बताएका छन् ।

अदालतको तथ्यांकमा २० जना फरार सुचीमा रहेका छन् । अदालतमा पेश भएका मुद्धाहरुमा ३९ थुनुवा, ३० जना धरौटीमा १० वटा वैतानीकमा राखिएको छ । जिल्ला अदालत बाजुराका न्यायधिश माधव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागी थिए ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments