Incident Reports

बिहेको लोभ देखाई होटलमा लगेर किशोरीमाथि बलात्कार

2020-06-19

Madhes, Sarlahi, Lalbandi, Ward 6

साउन ९,

२०७७ सर्लाही : लालबन्दीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ। होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बलात्कार गरिएको खुल्न आएको छ। किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार छन्। यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ। २५ वर्षीय विकले पीडित किशोरीलाई काठमाडौं लगी विवाह गर्ने प्रलोभन देखाई ५ गते राति साढे ११ बजे होटलमा पुर्‍याएका थिए। किशोरीलाई होटलमा पुर्‍याई भोलि काठमाडौं जाने र त्यसपछि विवाह गर्ने भन्दै दुई किशोरले होटलमै विवाह हुने खुसियालीमा केक काटेर खानुका साथै किशोरीलाई चिसाे पिलाएका थिए। चिसो खाएको केही मिनेटमा नशा लागेको जस्तो भएको र त्यसपछि आफूलाई विवाह गर्ने प्रलोभन देखाएका युवक र उनका साथीले पालैपालो जबरजस्ती गरेका पीडित किशोरीले बताएकी छन्। पीडितको जाहेरी लिएर घटनामा संलग्न भई फरार रहेका दुवै युवकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।


Update

---------

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई साउन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नपा–७ का २५ वर्षीय सुमन बिकलाई भदौ २५ गते गिरफता्र गरेको छ ।

आरोपित बिकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर नारायण थापाले बताउनु भयो ।

लालबन्दीस्थित एक होटलमा भाँडा माझ्ने मजदुरी गर्दै आएकी बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर आरोपित र लालबन्दी नपा–७ का २७ वर्षीय रामबहादुर पराजुलीले बलात्कार गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय लालबन्दीमा पीडित पक्षले साउन ७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल मलङ्गवामा भयो । आरोपित पराजुलीको खोजी कार्य जारी रहेको इन्स्पेक्टर थापाले बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments