Incident Reports

पीसीआर परीक्षणको संख्या बढाउन माग गर्दै वसन्तपुरमा प्रदर्शन

2020-07-25

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — ‘इनफ इज इनफ’ अभियानमा आबद्ध युवाहरुले शनिबार बसन्तपुर दरबार स्क्‍वायरमा प्रदर्शन गरेका छन् । आफ्ना मागहरुको खबरदारी गर्नका लागि शनिबार युवाहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सरकारले माग पूरा गर्ने सहमति पालना नगरेको भन्दै ८ दिनअघिदेखि अभियन्ता ई: लगायतले पुन: सत्याग्रह जारी राखेका छन् । सुरुमा १२ दिनको सत्याग्रह बसेको टोलीले असार २३ गते सरकारले उनीहरुको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाउँदै अनशन तोडाएको थियो ।

उनीहरुले कोभिड १९ को पीसीआर परीक्षणको संख्या बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने लगायत माग राखी राखेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण दर घट्दै गएको र अर्थतन्त्र उकास्न भन्दै करिब चार महिनादेखिको लकडाउन मंगलबार अन्त्य गरेको छ । शनिबारसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना संक्रमित फेला परिसकेका छन् भन ४५ जनाको मृत्यु भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments