Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-24

Lumbini, Rupandehi, Sainamaina, Ward 3

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–३ का २२ वर्षीय राम शाह तामाङलाई साउन ९ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन  इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठौरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो । पीडितपक्षले  दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको डिएसपी राठौरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments