Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-29

Province 1, Bhojpur, Bhojpur, Ward 5

बौद्धिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–५ बोखिमका ३० वर्षीय नविन प्रधानलाई साउन १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाले ढिलो गरी घटना सुनाएपछि पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १२ गते गरिएको छ ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments