Incident Reports

सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ पक्राउ

2020-07-30

Madhes, Rautahat, Phatuwa Bijayapur

रौतहट । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ परेका छन् । फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो। चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए । 

पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको साहले जानकारी दिए ।  गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए।

 बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको हिजोसाँझ स्वास्थजाँच भइसकेको छ । आरोपी तिनैजना उपर जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक समेत नियन्त्रणमा रहेको इन्स्पेक्टर साहले बताए ।  पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments