Incident Reports

समाज समिति नै बनाएर ल्यान्ड फिल्ड साइडको विरोधमा उत्रिए स्थानीय

2020-08-01

Province 1, Jhapa, Mechinagar, Ward 8

साउन १७, २०७७ भद्रपुर : फोहोर मैला व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले बनाउन लागेको ल्यान्ड फिल्ड साइडको योजनाप्रति स्थानीयवासी विरोधमा उत्रिएका छन्। उर्वर भूमि रहेको मेचीनगर – ८ स्थित आदर्श माविको जग्गामा कृषि विश्वविद्यालय निर्माण गर्नुपर्नेमा नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ल्यान्ड फिल्ड साइड निर्माण गर्न लागेको भन्दै त्यहाँ सङ्गठित स्थानीय विरोधमा उत्रिएका हुन्। विरोधमा उत्रिएका मेचीनगर वडा नम्बर ३, ५, ८ र बुद्वशान्ति गाउँपालिका वडा नम्बर– ५ का स्थानीयहरुले सेनेटरी ल्यान्ड फिल्ड साइड सङ्घर्ष समिति समेत गठन गरेका छन्। गठित समितिले शनिवार मेचीनगर–३ स्थित निन्दा घाटको मलामी विश्रामलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको कामप्रति विरोध जनाएका हुन्। सङ्घर्ष समितिका संयोजक एनु भट्टराई, सह–संयोजक नारायण गिरी, सदस्यहरू कमला गिरी, विष्णुलाल गिरी, पवन मेचे, रामकान्त चौधरी लगायतले मानव वस्तिलाई नै असर गर्ने गरी नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न लागेकोमा आपत्ति जनाएका छन्। ‘आदर्श माविको जमिन कृषिको उर्वर भूमि हो, यहाँ कृषि क्षेत्रमा आधारित योजना निर्माण गर्नुपर्छ,’ संर्घष समितिका संयोजक भट्टराईले भने, ‘हामी विकास विरोधी होइनौँ’, कृषि क्षेत्रको विकासमा नगरपालिकालाई स्वागत गछौँ। तर, मानव स्वास्थ्यलाई नै असर पर्ने गरी यहाँ फोहोर मैला थुपार्न खोजियो भने त्यसको प्रतिकारमा हामी उत्रिन्छौ।’ ‘फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले उचित स्थान खोज्नु पर्छ, समितिका सह–संयोजक नारायण गिरीले भने, ‘वातावरणलाई नै प्रदूषण पार्ने खालको योजनाले मानव जातलाई सखाप बनाउँछ।’ मेचीनगरले नगरपालिकाभित्र ल्यान्ड फिल्ड साइड निर्माणका लागि दातृ निकायबाट ३ करोड रुपैयाँ आइसकेको जानकारी दिएको छ। उक्त योजना सम्पन्न गर्न १३ करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments