Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-27

Lumbini, Rupandehi, Kotahimai, Ward 3


१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–३ का १९ वर्षीय रमेश राजभरलाई साउन १२ गते र घटनामा सङ्लगन रहेको आरोपमा  सियारी गाउँपालिका–२ का २५ वर्षीय शिवकुमार जैशवाललाई साउन १७ गते कोटहीमाईबाट गिरफ्तार गरेको छ ।

पीडतलाई आरोपितले साउन ११ गते  बलात्कार गरेको र घटनामा सङ्लग्न रहेको भन्दै पीडितपक्षले  शिव कुमार जयसवाल, कोटहीमाई गाउँपालिका– ३ का  २० वर्षीय दिपक पाल विरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको  र आरोपित दिपक फरार रहेकोले खोजी भइरहेको डिएसपी खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments