Incident Reports

बलात्कार आरोपी पक्राउ

2020-07-12

Madhes, Saptari, Rajbiraj, Ward 7

बलात्कार आरोपी पक्राउबलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् ।  विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । 

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको थियो । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएपछि राजविराजबाट फरार भएका युवक विराटनगरमा लुकेर बसेका थिए । पीडितकै सूचनामा आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजविराज नगरपालिका–७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका छोपी आएका आरोपितले बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएको पीडितले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments