Incident Reports

मकवानपुरको बजार क्षेत्रमा सोमबार रातिदेखि निषेधाज्ञा

2020-08-10

कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टले गरेको निर्णयपछि भोलि बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बाँकी निर्णयहरु सार्वजानिक गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

प्रशासनले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments