Incident Reports

उपचार अभावमा बीरगञ्जमा एक बालकको मृत्यु भएको आरोप

2020-08-11

Madhes, Bara, Baragadhi, Ward 2

बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी नौ वर्षीय सुशीलकुमार साहको उपचार अभावमा साउन २७ गते बिहान बीरगंजस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको मृतकका बुवाले आरोप लगाउनु भएको छ ।

सामान्य ज्वरो, झाडा–पखाला र बान्ताले सिकिस्त भएका बालकलाई साउन २५ गते उनका बुवाले उपचारका लागि बीरगञ्ज ल्याएपनि रातभर विभिन्न अस्पताल चहार्दा पनि कुनै अस्पतालले भर्ना नलिएर प्रहरीको पहलमा साउन २६ गते बीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

साउन २६ गते  बिहान जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गङ्गा पन्तको सहयोगमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएपनि बालकलाई उपचार गर्न भर्ना कक्षमा चिकित्सक नगएकोले सुशिलको मृत्यु भएको मृतकका भिनाजु उपेन्द्र साहले आरोप लगाउनु भयो ।

झाडा–पखाला र बान्ताले बिरामी भएपछि साउन २५ गते  बिहान बालकको बुवा उमेश साह र उपेन्द्र साहले सुरूमा नेशनल मेडिकल कलेज लगेको तर त्यहाँ आइसीयु कक्ष खाली नभएको भन्दै त्यहाँका चिकित्सकले तराई हस्पिटल जान सल्लाह दिएको बताउनु भयो ।

बालकलाई लिएर उहाँहरू तराई अस्पताल, एलएस न्यूरो अस्पताल, भवानी हस्पिटल, नारायणी अस्पताल पुग्नु भएको तर कहीँपनि आइसीयु खाली छैन भन्दै भर्ना गर्न नमानेर अन्तिममा पर्सा एसपी पन्तलाई हारगुहार गरेपछि साउन २६ गते नेशनल मेडिकल कलेजमा भर्ना भएको उहाँहरूको भनाइ छ ।

कलेजले बिरामी उपचारका लागि आफुहरूसँग दुई सेट पीपीइ सेटसमेत खरिद गर्न लागाएको उपेन्द्रले बताउनु भयो ।

पीपीइ किनेपछि  राति ८ बजे तिर बालकलाई हेर्न एक जना डाक्टर आएर केहि औषधी लेखेर गएको उपेन्द्रले बताउनु भयो ।

उपचारको लागि अस्पतालको चक्कर लाउँदा लगाउँदै मृत्युवरण गरेका बालकको कोरोना सङ्क्रमण परीक्षणको रिपोर्ट भने साउन २७ गते नेगेटिभ आएको छ ।

यता, शिक्षण अस्पतालका प्रबन्धनिर्देशक बसरुदिन अन्सारीले उपचारको क्रममा बालकको मृत्यु भएको बताउनु भयो ।

शिक्षण अस्पतालमा आइसीयु खाली नभएको समेत प्रष्ट पार्दै बीरगञ्जका सबै अस्पतालहरूबाट फर्के पछि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको तर बचाउन नसकिएको उहाँले बताउनु भयो ।

कृष्णचन्द्र लामिछाने

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments