Incident Reports

धादिङमा एकसाताका लागि निशेधाज्ञा जारी

2020-08-12

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि धादिङमा एकहप्ताका लागि निशेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बुधबार बसेको संकट व्यवस्थापन समितिको बैठकले साउन २८ गते बेलुकी १२ बजेदेखि भदौ ३ गते बेलुका १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।   

जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि रोकथामको लागि निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘धादिङमा पछिल्लो समय समुदायमा कोभिड १९ फैलिन थालेपछि उच्च सतर्कता अपनाइएको हो,’ प्रजिअ तामाङले भने, ‘कालुपाण्डे मार्गको फुर्के खोलादेखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा निशेधाज्ञा जारी गरेका हौँ ।’   

स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ । धादिङमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता अपनाइएको हो । संक्रमित पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुबाट अरु व्यक्तिहरुमा संक्रमण नफैलियोस् भन्नका लागि सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङ गर्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ ।   

जिल्लाभित्र संचालित एम्बुलेन्सलाई चौबिसे घण्टा तयारी अवस्थामा राख्ने र अत्यावश्यक सेवा बाहेक सबै यातायातका साधनलाई पूर्ण रुपमा बन्द गराउने निर्णय गरिएको छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैक तथा वित्तिय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिने जनाएको छ । पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आउजाउ गर्नेहरुका कारण कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि सतर्कता अपनाइएको हो । 

त्यस्तै जिल्लाको गल्छी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द गरिने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने गाउँपालिकाको कार्यलय वैरेनी, करदाता सेवा कार्यलय गल्छी, सम्पूर्ण बैँक तथा वित्तिय संस्थाहरु एक हप्ता बन्द गरिने गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । राजमार्ग प्रयोग गरि सवार गर्ने मालवाहक तथा अन्य गाडिहरुलाई अत्यावश्यक काम बाहेक गल्छी गाउँपालिकाको वडा नं ४ वेल्खु खोलादेखि गल्छी–७ को खेस्टे खोलासम्म रोक्न नदिने, नदी, खोलाबाट बालुवा संकलन, उत्खनन गर्ने कार्य तथा फिरफिरे समेत बन्द गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments