Incident Reports

हेटौँडा गौरिटार आइसोलेसन : साबुन माग्दा टाउकोमा प्रहार

2020-08-15

Bagmati, Makawanpur, Hetauda, Ward 6

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा स्थापना गरेको कोरोना आइसोलेसनमा त्यहा कार्यरत केहि स्वास्थ्यकर्मीले संक्रमितहरुलाई अभद्र ब्यवहार गरेको पाईएको छ । गत साउन ३१ गतेबाट सञ्चालनमा आएको आइसोलेसन वार्डमा कार्यरत केहि महिला स्वास्थ्यकर्मीले त्यहा रहेको महिला संक्रमितलाई अभद्र ब्यवहार गरेका हुन् । आइसोलेसन वार्डको विषयमा समाचार संकलनको लागि पुगेका पत्रकारकै अगाडी दुर्व्यवहार भएपछि घटना सार्वजनिक भएको थियो । के भएको थियो घटना, प्रत्यक्षदर्शी पत्रकारको भनाई जस्ताको त्यस्तै म आज बिहान स्वाव परिक्षणको लागि हेटौँडामा रहेको कोरोना आइसोलेसन कर्रामा पुगेको थिए । म संगै हिडने गरेको साथि संक्रमित भएपछि म पनि स्वाव दिनको लागि कर्रा पुगेको हुँ । कर्रामा पुगेपछि मैले मेरो साथिलाई भेटन मन गरे तर उनी गौरिटार रहिछिन । त्यसपछि म गौरिटार पुगे । सुरुमा प्रवेश गर्न दिईएन, अनि मैले म पत्रकार रहेको र समाचार संकलनको लागि आएको भन्ने जवाफ दिएपछि बल्ल प्रवेश पाए । प्रवेश पाउनसाथ त्यहा एकजना करिब ३५-४० वर्षकि महिलाले बैनि साबुन देउ न भनेर माग्नुभयो । त्यसपछि ति महिला स्वास्थ्यकर्मीले झर्कदै सिस्टर भनेर बोलाउन आउदैन ? बहिनी भन्ने भए उपचार गराउन न आए हुन्छ अलि अलि खान पाइरहेको छौ त्यो पनि नपाउला फेरि ,भनेपछि मलाई निकै नरमाईलो लाग्यो । अनि मैले किन र बहिनि भन्न नहुने हो र भनेर प्रश्न गरे ? त्यसपछि मलाई त्यहा सेना लगाएर निकाल्ने प्रयास भयो तर म पत्रकार भएको जानकारी दिएपछि सेनाले केहि गरेनन् । त्यहि एकजना दिदिले साबुन माग्दा टाउकोमा लाग्ने गरि दिईयो । 

एउटा आइसोलेसनमा एउटा संक्रमित माथि यस्तो ब्यवहार हुन्छ भने उनीहरुको मानसिकता कस्तो होला मलाई ज्यादै नराम्रो लागेको छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports