Incident Reports

नगरपालिकाले भनेअनुसार जाेखिम भत्ता नदिएकाे भन्दै स्वास्थ्यकर्मी धर्नामा

2020-08-17

Madhes, Sarlahi, Haripur

भदौ १, २०७७ सर्लाही : हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीले जोखिम भत्ता माग्दै नगरपालिका कार्यालयको मुलगेटमा धर्ना सुरु गरेका छन्। नगर कार्यपालिकाको बैठकले गत चैत २० गते स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय भए पनि हालसम्म उक्त जोखिम भत्ता उपलब्ध नभएकोले भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरु गत शुक्रबारदेखि धर्नामा बसिरहेका हुन्। कोरोना संक्रमणमा क्वारेन्टाइनमा खटिँदा तलबको शतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि उपलब्ध नभएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले गुनासो गरे।

कार्यपालिका बैठकले निर्णय गरेको चार महिनाभन्दा बढी भइसक्दा समेत सेवा सुविधा नपाएपछि आन्दोलन नै गर्नुपरेको संयोजक महतोले बताए। उनका अनुसार एक/दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै बसेर सेवा प्रदान गरिरहेका छन् भने बाँकी नगरपालिकामा आएर धर्नामा बसिरहेका छन्। शुक्रबारदेखि नगरपालिका कार्यालयमै धर्नामा बसिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम सुरक्षा भत्ता र स्वास्थ्य सुरक्षा सामग्री माग गरेका छन्। संकटको समयमा जोखिम मोलेर काम गर्दा समेत श्रम शोषण नगर्न स्वास्थ्यकर्मीले माग राखेका छन्। आन्दोलित स्वास्थ्यकर्मी र नगरपालिकाबीच आइतबार दिउँसो भएको वार्ताबिना निष्कर्ष टुंगिएको छ।वार्तामा नगरप्रमुख जमिरुदिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले, विभिन्न वडाध्यक्ष र आन्दोलित स्वास्थ्यकर्मीका केही प्रतिनिधि सहभागी भएका थिए। क्वारेन्टाइनमा खटिँदा दिने भनिएको सय प्रतिशतको साटो ३० र स्वास्थ्य संस्थामा खटिँदा दिने भनिएको ५० प्रतिशतको साटो १५ प्रतिशत मात्रै भत्ता उपलब्ध गराउने बताइएपछि स्वास्थ्यकर्मीहरुले अस्वीकार गरेका हुन्।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments