Incident Reports

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै बाजुरामा वृद्धहरुले गरे वडा कार्यालयमा तालाबन्दी

2020-08-20

Sudurpashchim, Bajura, Budhiganga, Ward 8

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालबन्दी भएको छ। गत आर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै जेष्ठ नागरिकहरुले तालाबन्दी गरेको स्थानीय सेत रावलले बताए।

वडामा रहेका वृद्धहरुले भत्ता नपाएको र त्यसबारे अहिलेसम्म सरकार बेखबर रहेको भन्दै तालाबन्दी गरिएको डिल्ली सिं बानियाले बताए। उनीहरुले गत आर्थिक वर्षको चैतदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता नपाएको बानियाले बताए।

उता वडाअध्यक्ष टेकबहादुर रावलले आफु वडा कार्यालयमा नरहेकाले तालाबन्दी बारे जानकारी नपाएको बताएका छन्। तर वडा कार्यालयका सहयोगी भने वृद्धहरुले तालाबन्दी गरिएको बताउँछन्।

यसबारे बुढीगंगा नगरपालिकाकी निमित्त कार्यालय प्रमुख कल्पना ढुंगानाले अहिले सम्म तालाबन्दी भएको बारे जानकारी नआएको बुझेर खबर गर्ने बताएकी छन्।

बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएको पाइएको छ। नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्म भत्ता वितरण गरिएको भएपनि ६ देखि १० वडासम्मको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको नगरपालिकाले बताएको छ।

लेखा अधिकृत्त तिलक थापाले पन्जीकरण विभागको सामाजिक सुरक्षा महाशाखालाई पटकपटक रकम अपुगको बारेमा टेलिफोन र पत्राचार गरेको तर अर्थमन्त्रालयले रकम ढिलो गरी असार ३१ गते राति पठाएको र दोस्रो दिन रकम फिर्ता गएकाले सामाजिक सुरक्षा भत्ता नपाएको बताए। एक नम्बरबाट बितरण गर्दै आएको समाजिक सुरक्षा भत्ता पाँच नम्बरसम्म मात्र पुगेको र बाँकी वडाहरुमा रकम अपुग भएको उनले बताए।

वडा नम्बर ६ देखि १० नम्बरसम्म करिश १ करोड १८ लाख भन्दा बढी रकम अपुग भएको बताइएको छ। नेपाल सरकारले जेष्ठ नागरिकलाई ४ हजार, बालबालिकाको पोषण भत्तावाफत ४ सय, अशाहयलाई २ हजार, पूर्ण अपाङ्गलाई २ हजार, आँशिक अपाङ्गलाई १ हजार, २ सय र एकल महिलालाई २ हजार मासिक दिँदै आएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments