Incident Reports

कञ्चनपुरमा प्रहरीको कुटपिटबाट एक किशोरको कानको जाली फुट्यो

2020-08-20

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 2

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको अस्थायी प्रहरी पोष्ट वाणीमा कार्यरत प्रहरीको कुटपिटबाट एक किशोरको कानको जाली फुटेको छ। प्रहरी जवान शिवराज भट्टको कुटपिटबाट १५ वर्षीय सुनिल चौधरीको कानको जाली फुटेको हो।

अहिले उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका नाक, काट, घाटी रोग विशेषज्ञ डाक्टर डिआर कडेलले ६० प्रतिशत कानको जाली फुटेको बताए। उनले तीन महिना लगातार औषधि सेवन गर्नुपर्ने र तीन महिनापछि कानको थप उपचार गर्नुपर्ने बताए।

चौधरी र उनीकी आमा अनिता चौधरी माछा मार्दै गरेको अवस्थामा प्रहरी जवान भट्टले एक्कासी कुटपिट गरेका थिए। के–कति कारणले कुटपिट गरेका हुन भन्नेबारे खुलेको छैन्। अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक नन्दराज बडुले घटनाको अनुसन्धान भइरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments