Incident Reports

कञ्चनपुरमा भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा

2020-08-21

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि आज मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भिडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।

 सरकारी कार्यालयमा भिडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ’, प्रजिअ खतिवडाले भने, संक्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो।’

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments