Incident Reports

गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय

2020-08-22

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै गुल्मी जिल्लामा एक हप्ताका लागि लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले भदौ ५ राति १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्ने तयारी गरेको हो ।

जिप्रका गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीले जिल्लाभर लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको खबरहबलाई बताए ।

‘भोलि शुक्रवार बाह्र बजेदेखि गुल्मी जिल्लाभर लागू हुने गरी एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको छ,’ उनले भने ।

जिप्रका गुल्मीले सूचना जारी गरेर यसबारेमा सर्वसाधारणलाई जानकारी गराउने तयारी गरेको पन्थीले बताए ।

यसअघि गरिएको लकडाउन खुलेसँगै गुल्मी जिल्लामा जनजीवन सामान्यजस्तै बनेको थियो । जनजीवन सामान्य बन्दै गएको र कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments