Incident Reports

क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

2020-08-22

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 6

कञ्चनपुर – महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । महाकाली–६ मा शुक्रबार  मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन ।

स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नम्बरको मोटरसाइकल युके०६ए०६ए ५८१२ नंको मोटरसाइकलसित ठोक्किएको थियो ।

मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल शुरु भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल शुरु गरिएको छ ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन् । स्थानीयवासीले मृतक युवकका परिवारका लागि सात लाख क्षतिपूर्तिको माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments