Incident Reports

एसईईमा मार्क कम दिएको भन्दै विद्यालयमा तालाबन्दी

2020-08-23

Madhes, Dhanusha, Bateshwor, Ward 2

 न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयले विद्यार्थीलाई एसईईमा कम मार्क दिएको भन्दै आफन्तजनले तालाबन्दी गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका–२ धुमासनस्थित श्री जन प्रिय माध्यमिक विद्यालयमा पावर र पहुँचको आधारमा मार्क दिएको भन्दै तालाबन्दी गरिएको जनाइएको छ ।

आन्तरिक मुल्यांकन गरेर एसईईको मार्क पठाउनु पर्नेमा विद्यालयले मनमौजी पावर तथा पहुचको भरमा मार्क दिएर पठाएकोले पीडित अभिवाभक तथा स्थानीयवासीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

जन प्रिय विद्यालयमा अध्यनरत धनुषाको बटेश्वर गाउँपालिका–२ का विद्यार्थी नरेश महतोले पछिल्लो टेस्ट परीक्षामा ए प्लस ल्याई उत्तीर्ण भएको थियो । तर, विद्यालयमा पावर र पहुचका कमीले गर्दा नरेशको बी प्लस नतिजा आएको उनको हजुरबुवा भोला महतोले बताए ।

नतिजाको सम्बन्धमा विद्यालय व्यस्थापन समितिका अध्यक्ष योगेद्र महतो र विद्यालयका प्रधानाध्यापक राजकुमार राउतलाई किन यस्तो भएको हो, विद्यार्थीको क्षमता अनुसारको मार्क किन आएनन् लगायतका विषयमा पटक पटक छलफल गर्न बोलाउँदा उनीहरुले बेवास्ता गरको महतोको भनाइ छ ।

नरेशको हजुरबुवा भोलाका अनुसार नरेशको नतिजा कम आएकोले उनको मानसिक सन्तुलन बिग्रिन थालेको छ । उनको साथीको ए प्लस रिजल्र्ट आएकोले र उनको बी प्लस क्षमता अनुसार कम नतिजा आएकोले नरेशको मानसिक सन्तुलन बिग्रीन थालेको भोलाले बताए ।

‘विद्यालयका प्रअ राउतले नरेश पढ्नमा अब्बल छ, नरेशको टेस्ट परीक्षामा ए प्लस रिजल्ट आएको थियो, आगाडि बोर्ड परीक्षामा पनि उसको ए प्लसनै आउँछ, तर कोरोना माहामारीले गर्दा चैत ६ गते देखि हुने एसईई परीक्षा एक दिन अगाडि स्थगित भएकोले सरकारले आन्तरिक मुल्यांकनका आधारमा विद्यालयलाई नितजा दिन भनेकोमा मलाई पावर र राजनीतिक पहुचको अभाव भएकोले आफ्नो भतिजोको मार्क कम गरेर दिएको छ ।”– विद्यार्थी नरेशका काका लालबाबु महतोले बताए ।

त्यस्तै सोही विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतोको छोरा पनि अध्यनरत भएकोले उनको मार्क ४ जीपीए आएको स्थानीयको आरोप छ । यस्ता घटनाहरु कयौं पटक जन प्रिय विद्यायलमा भइरहेको छ ।

कतै राजनीतिक चलखेलका कारण त् कतै विद्यालयको चरम लापरवाहीले विद्यार्थीको जीवन संग खेलवाड हुँदै आएको स्थानीय राजेश महतोले बताए । यस सम्बन्धनमा वडा कार्यालय तथा गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाउने तयारी भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतोले टेस्ट परीक्षामा ए प्लस कसैको पनि नआएको जिकिर गरेका छन् ।

यता यस सम्बन्धमा विद्यालयका प्रअ राउतसंग प्रतिक्रिया लिन पटक पटक फोन गर्दा सम्पर्क हुन सकेनन् भनेर टुडेपाटीमा सँचारकर्मी नितेश यादवले समाचार लेखेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments