Incident Reports

जनकपुरमा राहत माग्दै व्यवसायीले गरे प्रदर्शन

2020-08-27

Madhes, Dhanusha, Janakpur

भदौ ११ गते  : लामो लकडाउनको कारण व्यपारी मारमा परेको भन्दै राहतको माग गर्दै जनकपुरमा व्यवसायीले प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरको शिवचोकमा धनुषा चेम्बर अफ कमर्सको नेतृत्वमा व्यवसायीले राहत माग्दै प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले दुईचरणमा गरेको झण्डै ४ महिना लकडाउनले व्यपार व्यवसाय चोपट्ट भएपनि सरकारको राजस्व, बैंकको ऋणको व्याज, घरसर्टरको भाडा तिर्नु परेकोले दयनीय अवस्थामा पुगेको धनुषा चेम्बर अफ कमर्सका वरिष्ट उपाध्यक्ष सरोज मिश्रले बताए ।

कतिपय व्यवसायीको व्यवसाय पूर्णरुपले बन्द हुँदा घरपरिवार संचालनमा समेत कठिनाइ भएकोले बाध्य भएर सडकमा उत्रिनु परेको उनको भनाइ छ ।  व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर, बैंकको ऋणको व्याज तथा घरभाडामा छुटको व्यवस्था सहितको राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

बोर्डर पूर्णरुपले बन्द नभकाले भारबाट सहजै आवत, लकडाउनमा समेत भीडभाड जारी रहेकाले जोखिम कायम रहेकै अवस्थामा यस्तो लकडाउनको औचित्य नभएको व्यवसायी जानी खानले गुनासो गरे । सरकारले व्यवसायीलाई राहत उपलब्ध गराएर महिनौ पूर्ण कडाइका साथ लकडाउन गर्न समेत उनीहरुको माग छ । टुडेपाटी     


 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments