Incident Reports

पूजारीका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन

2020-08-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : रौतहटको हनुमान मन्दिरका पूजारीको हत्यामा संलग्‍नलाई कारवाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

पूजारी हत्याको विरोधमा राप्रपा सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंमाको त्रिचन्द्र कलेजअगाडि प्रदर्शन गरेको हो। घटनाको सत्यतथ्य छनबिनसहित हत्यारालाई कडा कारवाही माग गर्दै प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ। प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर , हत्यारालाई कारवाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाइएको थियो। राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकीमा लगेको छ। बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन्। यसअघि पूजारीको हत्यामा संलग्‍नलाई कारवाही माग गर्दै कुनै किसिमको प्रदर्शन हुन नदिन भन्दै गृहमन्त्रालयले गोप्य सर्कुलर नै जारी गरेको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments