Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2020-08-09

Madhes, Saptari, Bode Barsain, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नपा–५ का २५ वर्षीय हफिज मियाँ हुसेनविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले भदौ १० गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेर भाग्दै गरेको अवस्थामा देखेको पीडितकी आमाले बताउनु भयो ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ ५ गते उजुरी दिएपछि सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

ट्युसन पढ्ने बालिकालाई ललाइफकाई लोभलालच देखाई स्थानीय मदर्सामा पढाउने शिक्षकले बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनले आरोपित लुकेको स्थानमा छापा मारे पनि हालसम्म गिरफ्तार नभएको इन्स्पेक्टर केशरीले जानकारी दिनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments