Incident Reports

धनुषाः तस्कर र प्रहरीबीच झडप, प्रहरीले गरे गोली फायर !

2020-08-28

Madhes, Dhanusha, Bideha, Ward 2

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाल प्रहरी र तस्करहरुबीच झडप भएको छ । आज (शुक्रबार) बेलुकी तस्कर र प्रहरीबीच झडप भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बेलुकी करिब ८ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी गोबराही स्थित स्थानीय राजीव महासेठको घरमा छापामारी गरेपछि झडप भएको थियो ।

प्रहरीको टोली खान तलासीको लागि जाँदा तस्कर महासेठले आफ्नो मान्छे बोलाएर प्रहरी उपर ढुँगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि एक राउण्ड हवाय फायर समेत गरेको हो ।

महासेठ आफ्नो घरमा तस्करी गरी राखिएको वा तस्करीको लागि राखेको मटर र मरिचको गोप्य सूचना पाएर खान तलासी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।

उनको घरबाट भारी मात्रामा मटर, मरिच लगायतका समानहरु बरामद गरेको हो । यद्यपी, कति मात्रामा बरामद गरेकोबारे अहिले खुलाएको छैनन् ।

सो अघि विदेह नगरपालिकाको तिनकौरिया र ठाढीमा समेत प्रहरीले छापामारी गरेर भारी मात्रामा तस्करीका समानहरु बरामद गरेको बताइएको छ ।

जानकारी अनुसार, वडा नं. २ का वडाध्यक्ष श्रवण कुसियैतले सघाउँदै आएको खुलेको छ । विदेह नगरपालिका वडा नं. २ का वडाध्यक्ष कुसियैतले तस्करसँग साँठगाठ गरी तस्करीमा समेत सँलग्न हुँदै आएको बताइएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments