Incident Reports

महिलाको शब उखुबारीमा भेटियो, हत्याको आशंका

2020-08-31

Madhes, Rautahat, Gadhimai, Ward 3

रौतहट । रौतहटमा घास काटन गएकी महिलाको शब उखुबारीमा भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर गाउँकी अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव उखुबारीमा फेला परेको हो । सो गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी बिहान १० बजे घाँस काट्न भनेर घरबाट निस्केको र उनको शव उखु बारीमा घाटीमा आफ्नै सारिले बेरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन ।

स्थानीयले शब देखेपछि प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको प्रहरी उपरीक्षक खडकाले बताए । स्थानीयले महिलाको हत्या भएको आशंका गरेका छन् । रौतहटमा केहीदिन यता हत्याका घटना बढेका छन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments