Incident Reports

निषेधाज्ञा अवज्ञा गर्दै गाउँपालिकाका उपाध्यक्षमाथि दुर्व्यवहार

2020-08-31

Province 1, Morang, Kerabari

मोरङ-निषेधाज्ञाका बीच मोरङको एक गाँउपालिकामा स्थानीय ब्यवसायमा आवद्ध ब्यक्तिहरुद्धारा गाँउपालिका उपाध्यक्षदेखि स्वंयसेवकमाथि दुब्यर्वहार भएको छ ।

मोरङको केराबारी गाँउपालिकामा निषेधाज्ञा पालना गराउने, कोभिड १९ संक्रमण नियन्त्रणमा कडाई हुन थालेपछि स्थानीय क्रसर ब्यवसायसंग आवद्ध ब्यक्ति विरोधमा उत्रिएका छन्।

उनीहरुले हाल केराबारीको आमजुङ्गीको विश्वकर्मा, आहाले, गोलग्राउण्ड तथा चोक्टीमा लगाइएको बन्द खोल्न स्थानीय स्वयंसेवकदेखि गाँउपालिका उपाध्यक्ष शान्ति भुजेल समेतलाई दुब्र्यवहार गरेका छन्।

शनिबार नाकामा बन्दको अनुगमन गर्न पुगेको उपाध्यक्ष भुजेलसहितको टोलीमाथि दादागिरी शैलीमा क्रसर ब्यवसायीहरु उत्रिएका थिए।

गाउँपालिका उपाध्यक्ष भुजेलले मदिरा सेवन गरेर आएका क्रसर व्यवसायीले आफू र कोरोना नियन्त्रणमा खटिएका स्वयंसेवकहरु समेतलाई अश्लिल ढंगले गालीगलौज एवं दुव्र्यवहार गरेको गुनासो गरेकी छिन्। उनीले क्रसर व्यवसायी भनेर आफूहरुलाई चिनाउनेहरुले नाकामा लगाइएको ढाट हटाउन दबाब दिएको पनि बताइन्।

प्रत्यक्षदर्शीका अनुसार सो घटनाका क्रममा वृष थापा र केशव बरालको नेतृत्वमा पुगेको समूह कोरोना नियन्त्रणमा खटिएको टोलीमाथि आक्रोसित भएको थियो।

बरालको केराबारीमा शिवम् क्रसर उद्योग भने थापाको महादेव क्रसर उद्योगमा लगानी रहेको बताइन्छ। सोही क्रसरका सञ्चालक समेत रहेका भीम पौडेल शनिबार केराबारी ८ को विश्वकर्मा हुदै खदम खोलास्थित क्रसरमा आयोजित सामूहिक भोजमा जाने क्रममा रहेका थिए। यद्धपी, ढाट बनाएर नाकामा बसेका स्वंयसेवकहरुले उनलाई प्रवेश गर्न नदिई फर्काइदिएपछि विवाद बढेको थियो।

तर नाकाबाट प्रवेश नपाएपछि त्यसै फर्किएका थिए। पौडेलले भने सो समय भोजमा नभइकन आफ्नो क्रसर उद्योगमा जान खोजेको जानकारी दिए। ‘बृष थापासंग काम रहेको र बोलाएको हुनाले क्रसर जान खोजेको थिए,’ उनले भने, ‘तर अनुरोध गर्दा पनि नाकामा रहेकाहरुले जान नदिएपछि फर्किएँ। त्यसपछि भएको विवादका बारेमा मलाई केही थाहा छैन।’

त्यसैगरि, विवाद गर्नेमध्येका बरालले भने ढाट लगाएर मनपरी गरिएको बताँउछन्। अनावश्यक हिडडुल गर्न दिइने तर समस्या परेर निस्कन खोजे रोकिन्छ, त्यसैले आवातजावत बन्द गर्ने ढाटको कुनै काम नभएको उनले बताए।

प्रहरीले भने बादविवाद, तोडफोड र आगजनीको घटना थाहा नभएको जनाएको छ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुनै घटनाका बारेमा प्रहरीमा जानकारी नआएको उल्लेख गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments